जर्मनीले हटायो नेपालको यात्रामाथिको प्रतिबन्ध

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण जर्मनीले नेपाली यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना महामारी र डेल्टा स्वरुपको सङ्क्रमण फैलिएको राष्ट्रहरुबाट जर्मनीले आगमन निषेध गरेको थियो ।

खोपको दोस्रो मात्रा लगाएकाहरुले क्वारेन्टिनमा समेत बस्नु नपर्ने जनाइएको छ । खोप नलगाएका यात्रुको हकमा भने १० दिन क्वारेन्टिनमा बस्नुपर्ने बताइएको छ । तर ५ औँ दिनमा पीसीआर परिक्षण गर्न सकिने र सो क्रममा रिपोर्ट नेगेटिभ आए थप समय क्वारेन्टिनमा बस्नुनपर्ने उल्लेख गरिएको छ ।

अझै पनि केही देशमाथि लगाइएको प्रतिबन्ध भने कायमै रहेको छ। बोस्टोना, ब्राजिल, मालावी, मोजाम्बिक, नामिविया, जाम्बिया, जिम्वावे, दक्षिण अफ्रिका र उरुग्गेका नागरिक माथि लगाइएको यात्रा प्रतिबन्ध भने कायम रहेको छ।


प्रकाशित | २२ असार २०७८, मंगलवार १६:५०