आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न ओलीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आव्हान गर्नु भएको छ । शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गर्नु भएको हो ।

उहाँले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह समेत गर्नु भयो ।


प्रकाशित | ७ जेष्ठ २०७८, शुक्रबार १३:३९