एनआरएनए यूके अध्यक्ष पदका उम्मेदवार दीपक श्रेष्ठको प्रचार अभियान तीब्र, सम्पर्क कार्यालय पनि सञ्चालन

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेका अध्यक्षका उम्मेदवार दीपक श्रेष्ठले चुनावी प्रचार अभियान तीब्र बनाउनु भएको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले साउथ इष्ट लन्डनको प्लमस्टिडमा सम्पर्क कार्यालय सञ्चालन गर्दै प्रचार अभियानलाई तीब्र बनाउनुभएको हो ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनए यूकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको प्रवर्द्धनको उद्धेश्यसहित कार्यालय स्थापना गरिएको जानकारी गराउनुभयो ।

प्लमस्टिड हाइ स्ट्रिटस्थित अस्मिता एशोसिएट्सको कार्यालय रहेको भवनमा मंगलबारदेखि श्रेष्ठको सम्पर्क कार्यालय सञ्चालनमा आएको हो । इंग्ल्याण्ड परिषद अध्यक्ष समेत रहनु भएका अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनए यूकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको प्रवर्द्धनको उद्धेश्यसहित कार्यालय स्थापना गरिएको जानकारी गराउनुभयो ।

कार्यालय हरेक दिन खुला रहनेछ । कार्यालयबाट एनआरएनए यूकेको सदस्यता फारम भर्ने कार्यमा सहयोग गर्नुका साथै संस्थासँग सम्बन्धित सबै जानकारी र सूचनाहरु वितरण गरिने श्रेष्ठले बताउनुभयो । सम्पर्क कार्यालयले उम्मेद्वार श्रेष्ठको चुनावी अभियानको संयोजन र प्रचारप्रसारको काम समेत गर्ने छ ।

सदस्यता फारम भर्न सम्पर्क कार्यालयमा आउंदा बैंक कार्ड, आफ्नो परिचय खुल्ने फोटो आइडी, एड्रेस प्रुफ (ड्राइभिङ लाइसेन्सले दुवै काम गर्ने) र बैंक कार्ड समेत लिएर आउन अध्यक्षका उम्मेदवार श्रेष्ठले आग्रह गर्नुभएको छ ।


प्रकाशित | २२ बैशाख २०७८, बुधबार ११:०४