विश्वभर ५ करोड ३२ लाख मानिसले जिते कोरोना

काठमाडौँ । विश्वभर ५ करोड ३२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ९८ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ३२ लाख नाघेको छ

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ५९ लाख नाघेको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख ८० हजार नाघेको छ ।

बितेको २४ घण्टामा १२ हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै १६ लाख ८० हजार १९९ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।


प्रकाशित | ४ पुष २०७७, शनिबार ०८:३९