आईपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन: पन्जाबविरुद्ध ४० रन, ३ विकेट

एजेन्सी : भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पाँचौ खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा रहेका सन्दीपले पाँचौ खेल किङ्स इलाभेन पन्जाबविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा सन्दीपले पन्जाबविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै ३ विकेट लिन सफल भएका छन् । सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिएका हुन् ।

सन्दीपले पन्जाबका आक्रामक ब्याट्सम्यान ग्रिस गेल, लोकेश राहुल र साम करणलाई आउट गरे । योसंगै सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् । सन्दीप अघिल्लो ३ खेलमा भने दिल्लीको टिममा रहेका थिएनन् ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार ००:३४