सरकारले एक पछि अर्को गर्दै संघीयताको भावनाविपरीत काम गर्यो : कांग्रेस नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान केपी शर्मा ओली सरकारले संघीयताको भावनाविपरीत काम गरिरहेको आरोप लगाउनुभएको छ ।

०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानसिंहको १०६ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले ओली सरकारले एक पछि अर्को गर्दै संघीयता विरुद्ध काम गरिरहेको आरोप लगाउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संघीयतालाई हेर्ने दृष्टिकोण ठीक नभएको सिंहको टिप्पणी छ । नेता सिंहले सरकारले जनताको पक्षमा काम गर्न नसेको आरोप पनि लगाउनुभयो।


प्रकाशित | २४ कार्तिक २०७७, सोमबार १८:३७