उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता थपियो

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता थपिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको बैठकले संक्रमणको जोखिम झन बढ्दै गएको निस्कर्ष निकाल्दै थप एक साता थपेको हो । यसअघि उपत्यका नगरपालिका फोरमले एक साता निषेधाज्ञा थप्न तीनै जिल्लाका प्रजिअहरुलाई सुझाव दिएको थियो ।

बैठकले निषेधाज्ञाको मोडालिटीमा भने केहि परिवर्तन गरेको छ । जसअनुसार बिहान ११ बजेसम्म किनमेल र हिडडुलका लागि खुकुलो गरिएको छ। बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने ब्यवस्था मिलाइएको छ। तर होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गरिनेछ।

गत ३ भदौबाट जारी निषेधाज्ञा यो सहित दुई पटक थपिएको हो । गत ३ देखि एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएकोमा भदौ ११ देखि भदौ १७ गते राति १२ बजेसम्ममा निषेधाज्ञा थप गरेको थियो । उपत्यकामा दैनीक पाँच सयको हाराहारीका सक्रमण दर बढेपछिफेरि एक साता थप गरिएको हो ।


प्रकाशित | १७ भाद्र २०७७, बुधबार १८:०१