काठमाडौं उपत्यकामा ५३ सहित नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा मंगलबार थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टमा १२१ जना डिस्चार्ज समेत भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ । हाल १५ हजार ३ सय ३१ जना क्वारेन्टाईनमा छन् । साथै ५ हजार ३ सय ४१ जना सक्रिय कोरोना संक्रमित छन् ।

आज काठमाडौं उपत्यकामा ५३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रवक्ता गौतमका अनुसार कोरोनाको कारण थप एक जनाको निधन भएको छ । यो सहित निधन हुनेको संख्या ४९ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो

बझाङको बुंगल ३ का ६५ वर्षीय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ति पुरुषमा दमको समस्या थियो ।


प्रकाशित | १३ श्रावण २०७७, मंगलवार १६:३९