मेस्सीको दुई गोलसँगै बार्सिलोना सेमिफाइनलमा

एजेन्सी : कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो ।

घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सीले दुई तथा फिलिपे कौटिन्होले एक गोल थपे । घरेलु मैदानमा बार्सिलोनाले सुरुदेखि नै आक्रमक खेल खेल्दा १६औं मिनेटमा मेस्सीले गोलले अग्रता बनाएको थियो । २०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अघि बढेको थियो । ६१औं मिनेटमा फिलिपे कौटिन्होले जोर्डी अल्वाको पासमा गोल गरेपछि बार्सिलोना ३–० ले विजयी हुन सफल भयो ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार ०८:३८