मंगलवार कुन जिल्लामा कति थपिए कोरोना संक्रमीत ?

काठमाडौं : आज एकै दिन २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् । यो सहित नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मंगलबार रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी १, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेख ९ जनामा संक्रमण देखिएको छ । यस्तै, सल्यान १८, अछाम १०, बारा १, दाङ १७, प्युठान १, कन्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २ जनामा संक्रमण भेटिएको छ ।

त्यस्तै, भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौं ४, नवलपरासी पूर्व १, नवलपरासी पश्चिम १, नुवाकोट २, रुपन्देही १० सहित अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको प्रवक्ता देवकाटाले जानकारी गराउनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार आज थप ४५ जना डिस्चार्ज भएका छन् । मकवानपुर १, गुल्मी १, स्पन्देही १६, कपिलबस्तु ९, सुनसरी १, झापा १७ जना निको भएर डिस्चार्ज भएका हुन् ।

योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २ सय ६६ पुगेको छ । क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एक हजार ८२५ रहेका छन् ।


प्रकाशित | २० जेष्ठ २०७७, मंगलवार १७:०७