काठमाडौँको बूढानीलकण्ठ स्थित तेञ्जिङ चोक सिल

काठमाडौ: काठमाडौँको बूढानीलकण्ठ स्थित तेञ्जिङ चोक सिल गरिएको छ । बूढानीलकण्ड नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि सो क्षेत्र सिल गरिएको हो ।

नगरप्रमुख उद्धवप्रसाद खरेलका अनुसार तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको हो ।

पीसीआर परीक्षण पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।


प्रकाशित | ५ जेष्ठ २०७७, सोमबार १४:५३