राजपा र समाजवादी पार्टीबीच मध्यराति एकीकरण, यस्तो छ सहमतीपत्र

काठमाडौँ : समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा ) बीच बुधबार मध्यराति पार्टी एकता भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी हुने भएको छ । झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा र राजकिशोर यादवले भने बिद्रोह गरेका छन् । उनीहरू एकतामा सहभागी भएनन ।

यसैगरी, समाजवादी पार्टीमा पनि रेणु यादव, मोहम्मद ईस्तियाक राइन, सुरेन्द्र यादव, बिमल श्रीवास्तव, प्रदिप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङलगायतले बिद्रोह गरेको बताइएको छ । उनीहरुले नयाँ दल बनाउने निर्णय गरेका छन् । हेर्नुहोस पार्टी एकीकरणको सहमतीपत्र:-


प्रकाशित | ११ बैशाख २०७७, बिहीबार ०१:२२