भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी चलाउन नपाइने

काठमाडौं : सरकारले कोरोना भाइरसबाट पूर्वसतर्कता अपनाउन भन्दै भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन प्रतिबन्ध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानअनुसार यातायात व्यवस्था विभागले उपत्यकाबाहेकका जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान नपाउने व्यवस्था गरेको हो ।

सरकारको यो निर्णय सँगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान पाइने छैन ।  यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी लैजान नपाउने निर्देशन आएको बताउनुभयो ।

उहाँका अनुसार यो नियम देशभर लागू हुनेछ । सरकारले यातायात व्यवसायीलाई समेत यो नियम पालना गर्न निर्देशन दिइसकिएको छ ।


प्रकाशित | ९ चैत्र २०७६, आईतवार १५:१४