नेपाली ‘नमस्कार’ विश्वव्यापी

काठमाडौंं :  भ्रमणमा आएका आएरल्याण्डका प्रधानमन्त्री लियो भारड्करसँग ह्वाईटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ;नमस्कार’ गरे । र, भने, ‘कोरोना भाइरस प्रभावित यस बेला यो जरूरी पनि छ ।’

भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यति बेला विश्वव्यापी बनेको छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ ‘नमस्ते ट्रम्पु कार्यक्रममै आयोजना गरिएको थियो । त्यहाँ सिकेको नमस्कार अभिवादन अहिले ट्रम्पलाई उपयोगी बनेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले स्पेनका राजनारानीलाई नमस्कार गरे । बेलायती राजकुमार चार्ल्स कमनवेल्थमा प्रवेश गर्दा हात मिलाउन खोजे । तर, सबैले नमस्कार गरे । उने नमस्का फर्काएको दृश्य भाइरल बनेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि नमस्कार गरेका छन् । कोरोना त्राससँगै विश्वका प्रभावशाली नेताहरूमाझ भेटका बेला हात मिलाउनुको सट्टा नमस्कार अभ्यस्त बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सर्न सक्ने भन्दै हात नमिलाउन सचेत गराएको छ ।


प्रकाशित | १ चैत्र २०७६, शनिबार ०९:०९