सुनकोशीमा यात्रुबाहक बस खस्यो, ६ जनाको शव फेला

सिन्धुपाल्चोक : दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनीको राजमार्गबाट खस्दा ६ जनाको शव फेला परेको हो । बसदिउँसो सवा एक बजे बस खसेको हो। ६ जनाको शव नदीबाट निकालिएको छ। शव निकालीएका मध्य ३ महिला, एक बालक र २ पुरुष रहेका छन्।

सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार १२ जनालाई उद्धार गरी बनेपा अस्पतालमा उपचारका लागि पठाइएको छ । बसमा कति यात्रु सावार थिए भन्ने एकिन जानकारी आएको छैन। घटनाको विस्तृत जानकारी आउन बाँकी छ।


प्रकाशित | १७ कार्तिक २०७६, आईतवार १४:३७