राजर्षि जनक कप फुटबल : रुस्लान थ्री स्टार सेमिफाइनलमा प्रवेश

सर्लाही : सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा ललितपुरको रुस्लान थ्री स्टार क्लब प्रवेश गरेको छ । आयोजक बागमती युवा क्लबमाथि फराकिलो जित निकाल्दै थ्री स्टार क्वाटरफाइनलमा प्रवेश गरेको हो । सन्तोष स्मृति खेल मैदानमा बुधबार भएको खेलमा थ्री स्टारले आयोजक बागमती युवा क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।  दुई गोल गरेका थ्री स्टारका सुशील राई खेलको म्यान अफ द म्याच घोषित हुनुभयो । उनले १० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

सर्लाही जिल्ला फुटबल संघको समन्वयमा बागमती नगरपालिका र बागमती युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ‘ए’ डिभिजनका सहित विभिन्न १२ टोलीको सहभागिता रहेको छ । अब थ्री स्टारले सेमिफाइनलमा एपीएफ र डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम ११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार २०:०१