वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप : गृहमन्त्री थापा

पोखरा – गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गृहमन्त्री थापाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएकोले उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको स्पष्ट पार्नुभयो ।

गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुुहुँदै गृहमन्त्री थापाले संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको स्पष्ट पार्दै उहाँले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएका कारण यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १३:४८