रंगशाला बनाउन जुट्यो ५५ लाख: धुर्मुस–सुन्तली फाउन्डेसनलाई संकलीत रकम हस्तान्तरण

चितवन : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धमाधम आर्थिक सहायता जुट्न थालेको छ । उद्योग वाणिज्य संघ चितवन शाखाले बिहीबार ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेको छ । बुधबार पनि २४ लाखभन्दा बढी रकम संकलन भएको थियो । सघका अध्यक्ष सहनलाल प्रधानले बिहीबार फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई चेक प्रदान गर्दै सहयोग रकम बढाएर एक करोड पु(याउने जानकारी दिए । यसअघि नै संघले एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोही अवसरमा जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष कैलाश प्रधानले पनि दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गरे । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा प्रकाशित छ ।

रंगशालाका लागि आवश्यक पर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्स एन्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गरे । सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले जिल्लावासीबाट सहयोग जुट्ने क्रम बढ्न थालेकाले आफू उत्साहित भएको बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रंगशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका स्थानीय तहमा सहयोग समिति बन्ने क्रम सुरु भएकाले सबैलाई साथ र सहयोगमा जुट्न अनुरोध गरे । १५ जेठमा स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो । दुई दिनअघि काम सुरु भएसँगै सहयोग रकम जुट्न थालेको छ ।


प्रकाशित | १० श्रावण २०७६, शुक्रबार ०७:१६