गैर आवासीय नेपाली संघ पछिल्लो समय दुई धारमा विभाजीत भएको छ । संस्थापन पक्षबाट जम्बो कमिटिसहित तीन जनाको नेतृत्व छ भने अर्कोतर्फ विनोद कुँवर नेतृत्वमा छुट्टै कमिटि छ । आधिकारिताको लागि सघर्ष गरिरहेको कुँवर नेतृत्वको एनआरएनए पछिल्लो समय कसरी अगाडि बढिरहेको छ र के के काम गरिरहेको छ भनेर हामीले अध्यक्ष कुँवरलाई सोधेका छौ । […]
डिल्ली अम्माई /बेल्जियम संस्कृतिबारे विश्व दृष्टिकोण : आर्थिक धरातल र राजनीतिमा जुन–जुन वर्गको वर्चस्व हुन्छ, संस्कृतिमा पनि त्यही–त्यही वर्गको प्रभुत्व हुने गर्दछ । चिन्तन प्रणाली सही र सशक्त नभईकन समुदायको जीवन प्रणाली सही र सशक्त हुनै सक्तैन । त्यसले सांस्कृतिक रुपान्तरणको अन्तिम कडी दर्शनसंग ठोकिन आउँछ। विश्व दर्शनका दुई भेदमद्धे जसको बर्चस्व अधिक रहन्छ […]
विनोद कार्की राजनीति गर्ने मान्छेहरुलाई चित्त दुख्न सक्छ तर राजनीतिमा सभ्य मान्छेहरु नभएर नै आज हामी नेपालीहरु विदेशको भूमीमा भौतारिरहनु परेको छ । हामीले जति सुकै जे भने पनि हामी विदेशमा अवसरकै खोजीमा आएका हौ । मेरो आफ्नै कुरा गर्दा पनि बीस एकाइस वर्ष अगाडी नेपाल छोडेर अवसरको खोजीमा यहाँ आइपुगेको हुँ । त्यत्तीबेला मलाई […]
एसी शेर्पा गैर आवासीय नेपाली संघ (एनआरएनए) पवित्र उद्देश्य लिएर स्थापना भएको एक गैरनाफामूलक, गैर ब्यवसायीक र गैरराजनीतिक संस्था हो । यसको स्थापना विशेष गरि विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीहरुको हक हितका सवालमा आवाज उठाउन र मातृभूमिको सम्मृद्धिमा योगदान पुर्याउनकै लागि भएको हो । सन् २००३ मा स्थापना भएको संस्था करिब दुई दशक पुग्न […]
दिल गुरुङ गैर आवासीय नेपाली संघ (एनआरएनए) को यस पटकको दशौं महाधिवेशन तथा विश्व सम्मेलनले गतिलो पाठ सिकाएको छ । विधि, विधान र पद्धति सबैलाई बिर्सेर पदका लागि जे पनि गर्ने जुन परिपाटी देखा पर्यो यो इतिहासकै सबैभन्दा घिनलाग्दो र लाजमर्दो छ । अझ मैले नै नेपाली कांग्रेसको सिपाही भन्दै संसारभरीका जनसम्पर्क समितिका साथीहरुलाई चिनाएको […]
सुनील साह ‘विश्वास मन्त्र’ हो । मैले नेपाली समुदायलाई यस महान अभियान “विश्वास“ अन्तर्गत एकसाथ अगाडि बढाउने प्रयास गरेको छु । एनआरएनए अभियान होस् वा एमसीसीको सन्दर्भ विश्वास मुख्य मुद्दा बनेको छ । अविश्वास सही जानकारी, यसको सुगमता र प्रसारको अभावबाट उत्पन्न हुन्छ। मानिसहरू गलत जानकारीको आधारमा आफ्नो निर्णय लिन बाध्य छन् । हामी एनआरएनहरू […]
गौरी राज जोशी एक्कासौ शताब्धिमा सृजना भएका बिविधताको व्यावहारिक पक्षलाई मध्य नजर गर्दै बिज्ञान प्रबिधिको उच्चतम प्रयोग र उपयोद्वरा नै परिणाम मुखि संगठनको परिकल्पना गर्न सकिन्छ भन्ने दृढ ईच्छाशक्ति र अठोट बमोजिम गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा सुचना प्रबिधि प्रणालीलाई अवलम्वन गरिएको हो । जसको निर्माण गर्दा गैर आवासीय नेपाली संघमा कृयाशिल बिज्ञान […]