एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा सन्तोष कुमार भट्टराईको ९ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा

बर्लिन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष कुमार भट्टराईले उम्मेदवारी घोषणा गर्नु भएको छ । भट्टराईले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । अघिल्लो सन् २०१९-२०२१ कार्यकालमा पनि सोही पदको प्रत्यासी रहनु भएको भट्टराई झिनो मतले पछाडि पर्नु भएको थियो । ‘अग्रज, अभियन्ताहरुको […]

गैर आवासीय नेपाली संघको निर्वाचन अक्टोवर २० मा गर्न प्रस्ताव

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी अक्टोवर २० तारिखमा गर्न निर्वाचन समितिले प्रस्ताव गरेको छ । निर्वाचन समितिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी अक्टोवर २० तारिखमा निर्वाचन गर्न प्रस्ताव गरेको हो । केहि साता अघि परराष्ट्र मन्त्रालयले एक पत्र लेख्दै तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गर्न निर्देशन दिए पनि […]

एनआरएनए युवा उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, यस्ता छन् एजेन्डा

दोहा- गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा मध्यपूर्वका युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । रेग्मीले आगामी कार्यकालको लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा […]

विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु : ५० भन्दा बढी नेपाली चिकित्सकले कार्यपत्र प्रस्तुत हुने

लन्डन – गैर आवासीय नेपाली संघ अन्तर्गत स्वास्थ्य समितिको आयोजनामा तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुक्रबारदेखि शुरु हुँदैछ । सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुनेछ । गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहित कयौं देशका स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी […]

एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा शान्तिदेवी अधिकारीको उम्मेदवारी घोषणा

मकाउ – गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा मकाउकी पूर्व अध्यक्ष शान्तिदेवी अधिकारीले उम्मेदवारी घोषणा गर्नु भएको छ । अधिकारीले आगामी कार्यकालको लागि अक्टोवरमा हुन गइरहेको निर्वाचनमा क्षेत्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । सन् २००७ देखि एनआरएनमा आबद्ध हुँदै निरन्तर रुपमा सक्रियता बढाउँदै आउनु भएको अधिकारीले सन् २०१४ […]

एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजकमा राम सी पोखरेलको उम्मेदवारी

टेक्सस – गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रीय संयोजकमा राम सी पोखरेलले उम्मेदवारी घोषणा गर्नु भएको छ । पोखरेलले विभिन्न एजेन्डा सहित उम्मेदवारी घोषणा गर्नु भएको हो । हाल क्षेत्रीय उपसंयोजक (डिआरसी) रहनु भएको पोखरेलले आफ्नो उम्मेदवारी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदबिचको अन्तरसम्बन्धलाइ अझ बलीयो र अर्थपूर्ण बनाउन, एनआरएनलाइ […]

एनआरएनए अमेरिकाविरुद्ध टेनेसी अदालतमा दायर मुद्दा फिर्ता लिने सहमति

न्यूर्योक – गैर आवासीय नेपाली संघ अमेरिका विरुद्ध साल (सुर्य) लम्सालले टेनेसी अदालतमा दायर मुद्दा फिर्ता लिने सहमति भएको छ । एनआरएनए र लम्साल बीच न्यूर्योकमा भएको एक समझदारीकाबीच दायर मुद्दा फिर्ता लिने सहमति भएको हो । एनआरएनए अमेरिकाले आगामी दिनमा आइसिसीको सदस्यता छानबिन कमिटिको प्रतिबेदन अनुरुपको काम कारवाही अगाडी बढाउने, संस्थालाई अझ बढी पारदर्शी […]