तराईमा अत्यधिक गर्मी: ४३ डिग्री सेल्सियससम्म पुग्यो तापक्रम

काठमाण्डौ : केहि दिनयता अत्यधिक तापक्रम बढेको छ । तराईमा भने उखरमौलो गर्मी बढीरहेको छ । तराईका जिल्लाहरुमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मी बढेपछि बारा जिल्लाभरिका र वीरगञ्ज नगरभरिका विद्यालय एकहप्ताका लागि बन्द गरिएको छ ।

आइतबार केही ठाउँमा दिउँसोपख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोपख पूर्वी तथा पश्चिमी भेगमा सामान्य बदली हुने र मध्य क्षेत्र लगायतका केही ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ । यस्तै राती पनि मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यो हप्ता मनसुन भित्रने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । सामान्यतया जुन १० तारिखबाटै मनसुन भित्रने भए पनि यो वर्ष अलि ढिला मनसुन भित्रने भएको हो । यता काठमाडौंको अहिलेको तापक्रम भने २७ डिग्री सेल्सियस पुगेको छ । शुक्रबार र शनीबार ३३ डिग्री सेल्सियसन सम्म पुगेको छ ।


प्रकाशित | १ असार २०७६, आईतवार ११:०६