चट्याङ लागेर एकको मृत्यु

नवलपरासी: पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएकी प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको उपचारका लागि सामुदायिक अस्पताल चौपत्तामा लगे पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको हो ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार १९:५१