‘सम्मृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफल बनाउन हिमालको पानी र जडिबुटीलाई अन्तराष्ट्यि बजारमा लग्नुपर्छ : प्रकाश पुन

प्रकाश पुन, अध्यक्ष, हङकङ नेपाल ब्यापार संघ

नेपालको म्याम्दी जिल्लामा जन्मनु भएको प्रकाश पुन अहिले हङकङ नेपाल ब्यापार संघको अध्यक्ष हुनुहुन्छ । गैर आवासीय नेपाली संघ (एनआरएनएन ) सन् २००३ मा स्थापना भयो । संघको संस्थापक रहनु भएको पुन २००५ देखि २००७ कार्यकालको लागि केन्द्रीय कोषाध्यक्ष भएर जिम्मेवारी निर्वाह गर्नुभयो । सामाजिक संघसंस्थामार्फत समाजसेवा गर्दै आफूलाई एक इमानदार ब्यवसायीको रुपमा समेत पुनले आफनो पहिचान राख्दै जानुभयो । सरल स्वभावको पुन विशेष गरि गैर आवासीय नेपालीको हक हितमा लागिरहनु भयो । गैर आवासीय नेपालीको आवाजलाई सशक्त ढंगले उठाउँदै नेपालको सम्मृद्धि कसरी गर्न सकिन्छ र त्यसका लागि नेपाली उत्पादनलाई कसरी अन्तराष्ट्रिय बजारमा फैलाउँदै आर्थिक सम्मृद्धिमा टेवा पुर्याउन सकिन्छ भन्नेर उहाँ निरन्तर लागिरहनु भएको छ । साथै नेपालको कला र उत्पादनलाई अन्तराष्र्टि«य बजारमा प्रबद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याइरहनु भएको छ । २००३ सालमा स्थापना भएको प्रवासमा बस्ने गैर आवासीय नेपालीको साझा संस्था एनआरएनएको संस्थापक रहनु भएको पुन स्थापनाकालमा एनआरएनए हङकङको प्रतिनिधित्व गर्दै आइसिसी सदस्य बन्नुभयो । विगत लामो समयदेखि एनआरएनएको अभियानमा संस्थापक अध्यक्ष उपेन्द्र महत्तोसँगै लाग्नुभएको पुन महत्तोको कार्यकालमै आइसिसी कोषाध्यक्ष समेत बन्नुभयो । त्यसपछि २००७ देखि २००९ सम्म आइसिसी सल्लाहकारको रुपमा रहेर जिम्मेवारी निर्वाह गर्नुभयो । एनआरएनमा विशेष गरि हङकङ, मकाउ, चीन र कोरिया एनसिसी गठनमा उहाँको महत्वपूर्ण योगदान रह्यो । एनआरएनए अभियान अगाडि बढाउँदै उहाँले प्रवासभरि बसोबास गर्ने म्याग्दी जिल्लाबासीलाई एकतामा बाँध्ने कार्यमा लाग्नुभयो ।

एनआरएनएको आइसिसी कोषाध्यक्षको भुमिका निर्वाह गरिसकेपछि पुनले प्रवासमा बसेर समग्र म्याग्दी जिल्लाको सम्मृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेर योजना बनाउनुभयो । सोही योजनाअनुरुप उहाँले प्रवासी नेपाली संघ स्थापना गर्न लागिपर्नुभयो । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) को स्थापना गर्दै २००९ मा दर्ता समेत गराउनुभयो । हङकङबाट शूरु गर्नुभएको म्याग्दी प्रवासी नेपाली संघ विस्तारै विश्वभरि गठन भयो । अहिले विश्वभरि रहेका म्याग्दीबासीको बलियो संगठनको रुपमा यो संघ खडा भएको छ । मोनाको संगठन अहिले विश्वरी २५ वटा देशमा विस्तार भइसकेको छ । मोनालाई प्रवासमा एनआरएनएपछिको सबैभन्दा ठूलो संस्थाको रुपमा समेत लिने गरिन्छ । मोनाले म्याग्दी जिल्लाबासीको लागि ठूलाठूला प्रोजेक्टहरु सञ्चालन गर्दै समग्र म्याग्दीबासीको विकासमा हातेमालो गर्दै आएको छ । म्याग्दी प्रवासी नेपाली संघको संस्थापक अध्यक्ष रहेर संघलाई संस्थागत गर्न सफल भएपछि आफनो ब्यवसायलाई पनि सँगसँगै अगाडि बढाउनु भयो । नेपालको कला र नेपाली उत्पादनलाई हङकङको बजारमार्फत अन्तराष्टिय बजारमा पुर्याउने कार्यमा खटिनुभयो । हङकङ नेपाल ब्यापार संघमार्फत नेपालको उत्पादनलाई अन्तर्रािष्ट्रय बजारमा पुर्याउने कार्यमा ठूलो सहयोग पुगेको छ । संघबाट पहिलो पटक २०१७ मा हर्बल र ह्यान्डीकाप्ट प्रर्दशनी आयोजना गरियो । सो प्रर्दशनीमा नेपालका कला, जडिबुटीको प्रदर्शन गरिएको थियो । त्यस्तै २०१९ मा ब्यापार मेला आयोजना गर्दै संघले नेपालको उत्पादनलाई अन्तराष्टिय बजारमा फैलाउनको लागि ठूला योगदान गरेको छ । २०१९ मा पनि हर्बल र ह्यान्डीकाप्टको प्रर्दशनी सम्पन्न गरिसकिएको छ । संघले नेपाली महावाणिज्यदुतावाससँगको प्राविधिक सहयोगमा सो प्रदर्शन आयोजना गरेको थियो । पुनको नेतृत्वमा संघले नेपालको समग्र विकासमा विेशष योगदान गरिरहेको महावीर पुनको अबिष्कार केन्द्रलाई ५० लाख सहयोग गर्न सफल भएको छ । आविष्कार केन्द्रले बोेकेको नेपालको सम्मृद्धिको एजेन्डालाई अगाडि बढाउन संघले विशेष योगदान गरेको छ । त्यसैगरि, पोखरा महानगरपालिकासँग चीनको सीचुवान प्रदेशसँग भगीनी सम्बन्ध स्थापना गराउन सफल भएको छ । त्यस्तै नेपालले चीनबाट लिन सकिने फाइदाका विषयमा विभिन्न स्तरमा छलफल तथा अन्र्तक्रिर्या सञ्चालन गर्दै नेपाल सरकारलाई जानकारी गराउने कार्यमा पनि उत्तिकै योगदान पुर्याउँदै आएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील पुन एनआरएनको संस्थापक हुँदै, कोषाध्यक्ष र आइसिसी सल्लाहकार, मोनाको संस्थापक र अहिले नेपाल हङकङ ब्यापार संघको अध्यक्ष हुनुहुन्छ । अध्यक्ष पुनसँग हामीले विविधि विषयमा कुराकानी गर्ने प्रयास गरेका छौ । प्रस्तत छ पुन सँग गरिएको कुराकानीको सम्पादीत अंश;

तपाईको विचारमा नेपालको आर्थिक सम्मृद्धिको लागि के गर्नुपर्ला ?

नेपालको आर्थिक सम्मृद्धिको लागि सरकारले अगाडि बढाएको सम्मृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई अगाडि बढाउनुपर्छ । त्यो अभियानलाई अगाडि बढाउनको लागि नेपाली उत्पादनलाई जोड दिनुपर्छ । नेपालको प्राकृतिक स्रोत र साधनलाई भरमग्दूर उपयोग गर्नुपर्छ । नेपालको कला, उत्पादनलाई अन्तर्रािष्ट्रिय बजारसम्म पुर्याउनुपर्छ । जस्तो नेपालको हिमालको पानी संसारमा बेच्न सकिएको खण्डमा नेपालको सबैभन्दा ठूलो आम्दानीको स्रोत त्यही हुनेछ । नेपालको हिमालको पानी बेच्दा अरु देशको भन्दा दोब्बरमा बिक्री गर्न सकिन्छ अर्थात बिक्छ । नेपालमा जस्तो जटिबुडी संसारमा कही पाइँदैन । राज्यले नेपालको जडिबुटीलाई सही उपयोग गर्न सकेको खण्डमा नेपालको आर्थिक सम्मृद्धि सम्भव छ भन्ने मलाई लाग्छ । नेपालको कला, हिमालको पानी, जडिबुटीलाई मात्र विदेशमा बेच्न सक्यौ भने हाम्रै पुर्खाले मुलुकको आर्थिक सम्मृद्धि गर्न सक्छौ । हिमालयन वाटरलाई मात्र संसारभर लगेर बेच्न सकेको खण्डमा कर्मचारीतन्त्रलाई पुग्ने आम्दानी त्यहीबाट गर्न सकिन्छ । जनतालाई करमुक्त गर्न कुनै समस्या हुनेछैन ।

तपाईले भन्नुभएजस्तो नेपालको आर्थिक सम्मृद्धि हुन नसक्नुमा के कुराले भूमिका खेलेको देख्नुहुन्छ ?

नेपालमा भइरहेको अनावश्यक राजनीतिकरणले आर्थिक सम्मृद्धिमा बाधा पुगेको देखिन्छ । नेपालमा काम गर्ने भन्दा बढी बोल्ने र आलोचना गर्नेको जमात बढी भएको कारण समाजमा अझै पनि सकारात्मक कुरालाई भन्दा नकारात्मक कुराले प्रश्रय पाउने गरेको छ । काम गर्नेको गल्ती हुन्छ, काम नगर्नेको गल्ती हुँदैन भनेजस्तै सरकारले केहि गर्न खोजेको छ भने विपक्षी सबले साथ दिनुपर्छ । तर नेपालमा समाधानबीनाको आलोचना भइरहेको छ । यसले नत नेपालको हित गर्छ नत आम नेपालीको नै । यसले त समस्या मात्र सृजना गछ । त्यसले कसैलाई फाइदा गर्दैन । राजनीतिक पार्टी भनेको चुनावको बेलामा हो । अरु बेला राज्यलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुन सको देखिन्न । यसो गरिए मात्र मुलुकलाई फाइदा गर्छ । नेपाल आमाको छोराछोरी हो भने पाटीभन्दा माथि उठेर सबैले राज्यको लािग काम गर्नुपर्छ भन्ने सोच बनाउनुपर्छ । यो वा त्यो पार्टीको धारण लिएर अगाडि बढ्नु भनेको राष्ट्रघाती काम हो भन्ने लाग्छ । यतिखेर भने नेपालको इतिहासमै दुई तिहाईको सरकार छ । दुई तिहाईको सरकारलाई सफल बनाउन लाग्नु सबैको दाियत्व हो भन्ने लाग्छ । चाहे जो सुकैको सरकार होस राज्यलाई सफल बनाउनु सबैको कर्तब्य हो । यसतर्फ अगाडि बढेको खण्डमा नेपालको आर्थिक सम्मृद्धि हाम्रै पुर्खाले गर्न सक्छन् र गर्न सकिन्छ अन्यत्र आलोचना, विरोध र राजनीतिकरणले मुलुकलाई सधै पछाडि धकेलिरहनेछ ।

तपाई हङकङ नेपाल ब्यापार संघको अध्यक्ष हुनुहुन्छ, नेपालको आर्थिक सम्मृद्धिमा संघले के कस्तो योगदान पुर्याइरहेको छ ?

नेपालको कला र नेपाली उत्पादनलाई हङकङको बजारमार्फत अन्तराष्टिय बजारमा पुर्याउने कार्यमा हामीले लामो समयदेखि योगदान पुर्याउदै आएका छौ । हङकङ नेपाल ब्यापार संघमार्फत नेपालको उत्पादनलाई अन्तर्रािष्ट्रय बजारमा पुर्याउने कार्यमा ठूलो सहयोग पुगेको छ । संघबाट पहिलो पटक २०१७ मा हर्बल र ह्यान्डीकाप्ट प्रर्दशनी आयोजना गरियो । सो प्रर्दशनीमा नेपालका कला, जडिबुटीको प्रदर्शन गरिएको थियो । त्यस्तै २०१९ मा ब्यापार मेला आयोजना गर्दै संघले नेपालको उत्पादनलाई अन्तराषर््िटय बजारमा फैलाउनको लागि ठूला योगदान गरेको छ । २०१९ मा पनि हर्बल र ह्यान्डीकाप्टको प्रर्दशनी सम्पन्न गरिसकेका छौ । संघले नेपाली महावाणिज्यदुतावाससँगको प्राविधिक सहयोगमा सो प्रदर्शन आयोजना गरेको थियो । नेपालको आर्थिक सम्मृद्धिमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको महावीर पुनको अबिष्कार केन्द्रलाई ५० लाख सहयोग गर्न सफल भएका छौ । आविष्कार केन्द्रले बोेकेको नेपालको सम्मृद्धिको एजेन्डालाई अगाडि बढाउन संघले विशेष योगदान गरेको छ । त्यसैगरि, पोखरा नगरपालिकासँग चीनको सीचुवान प्रदेशसँग भगीनी सम्बन्ध स्थापना गराउन सफल भएको छ । त्यस्तै नेपालले चीनबाट लिन सकिने फाइदाका विषयमा विभिन्न स्तरमा छलफल तथा अन्र्तक्रिर्या सञ्चालन गर्दै नेपाल सरकारलाई जानकारी गराउने कार्यमा पनि उत्तिकै योगदान पुर्याउँदै आएको छ । संघले नेपालको आर्थिक सम्मृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । राज्यको लागि चीनबाट के के फाइदा लिन सकिन्छ भनेर हामीले छलफल अगाडि बढाइरहेका छौ ।

पर्यटन प्रबद्र्धनको लागि नेपाल सरकारले के कस्तो काम गर्नूपर्ला ?

जस्तो चीनबाट नेपालले पर्यटनबाट मात्र करोडौको आम्दानी गरिरहेको छ । तर पर्यटकले एयरपोर्टमा भोग्नुपरिरहेको झमेला, बाटोको अवस्था सुर्धान भने खाँचो देखिन्छ । त्यसपछि होटलमा भोग्नुपर्ने समस्याप्रति पनि ध्यान दिनुपर्छ । जस्तो एक होटलबाट अर्को ठाउँमा जाँदा बाटोको समस्या छ । सरकारले विशेष गरि भौतीक पूर्वाधार निर्माणमा बजेटलाई केन्द्रित गर्दै पर्यटन क्षेत्रमा अगाडि बढनुपर्ने देखिन्छ । पर्यटन क्षेत्रमा ब्यवसायीक, इमानदार मानीसको भने त्यत्तिकै खाँचो छ । चाइनाबाट झन्डै ६ वटा एयरलाइन्सबाट नेपालमा पर्यटक आइरहेका छन् । राज्यले चीनबाट पर्यटकामार्फत राम्रो आम्दानी गरिरहेको देखिन्छ । तर राज्यले सम्मृद्ध नेपाल, खुसी नेपाली बनाउने अभियानलाई सार्थक रुपमा अगाडि बढाउने हो भने ब्यवसायीक र निस्वार्थी मानीसहरु पर्यटन क्षेत्रमा आउँनुपर्छ । त्यसो गरिएको खण्डमा नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन सकिन्छ । अर्को कुरा हरेक देशको एनआरएनए एनसिसीमार्फत पर्यटन प्रबद्र्धनमा सरकारले योजना बनाउनुपर्ने खाँचो देखिन्छ ।

अब एनआरएनको कुरा गरौ, तपाई एनआरएनएको संस्थापक हुँदै आइसिसी कोषाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ, तपाईको विचारमा अबको एनआरएनए कस्तो हुनुपर्छ ?

गैर आवासीय नेपालीहरुको साझा संगठनको रुपमा अगाडि बढिरहेको एनआरएन अब समयक्रम अनुसार परिमार्जन हुँदै जानुपर्ने आवश्यकता देखिन्छ । संस्थालाई पहिला संस्थागत ढंगले अगाडि बढाउनुपर्ने देखिन्छ । त्यसको लागि संस्थागत संरचनामा परिवर्तन गर्नुपर्नेछ । यसको लागि सर्वप्रथम संस्थाको नेतृत्व गर्नेको कार्यकाल निश्चित तोकिनुपर्ने देख्छु । एउटा नेतृत्वले कम्तिमा दुई कार्यकाल काम गर्न पाउने गरि संगठनात्मक ढाँचा तयार गर्नुपर्छ । यसले गर्दा हरेक नेतृत्वले आफनो क्षमता प्रदर्शन गर्न पाउनेछ । सक्षम नेतृत्वले संस्थालाई राम्ररी सञ्चालन गर्न र आफनो खुबी देखाउन सक्छ । एनआरएनएनको संरचनामा आइसिसीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष मात्र राख्नुपर्छ । बाँकि पदहरु क्षेत्रीय स्तरमा छोड्नुपर्छ । क्षेत्रीयस्तरमा क्षेत्रीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक चुनीने ब्यवस्था गर्नुपर्छ । त्यसको लागि निश्चित योग्यता पनि तोक्नुपर्छ । जस्तो पाँच वटा क्षेत्रबाट एक पटक रिजनल भिपी (क्षेत्रीय उपाध्यक्ष ) भएको ब्यक्ती अर्को पटकको चुनावमा वरिष्ठ उपाध्यक्षमा आउँन पाउने गरि मापदण्ड तोक्नुपर्छ । वरिष्ठ उपाध्यक्ष अटोमेटिक अध्यक्ष हुने पाउँने चेन अफ कमान्डको पोलिसी अपनाउनुपर्छ । पदाधिकारीलाई भोट हाल्ने पाउने मतदाताको मापदण्ड तोकिनुपर्छ । त्यसको लागि आइसिसी सदस्यमा निवार्चीत, क्षेत्रबाट निर्वाचीत भएर आउनेले मात्र भोट हाल्न पाउने ब्यवस्था गर्नुपर्छ । त्यसो गर्दा यसले संस्थालाई दिर्घकालीन हिसावले अगाडि बढाउन सहयोग पुग्नेछ भने अर्कोतर्फ विदेशबाट जो जो आउँछन् उनीहरुलाई खर्च गरेर कुनै जात्रा देखाउन आवश्यक पर्दैन । पोलिसी लेबलमा पदाधिकारीले डिल गर्ने गरि कार्यविभाजन गर्नुपर्छ । यसो गर्दा माथिल्लो तहका नेतृत्वले एनआरएनएको हरेक विषयलाई बहशमा लैजान सहयोग पुरयाउनेछ । अहिलेको जस्तो भद्रगोल हुनेछैन । माथिल्लो तहमा बस्नेले नीतिगत रुपमा हरेक क्षेत्रसँग डिल गर्न सक्ने हुनाले एनआरएनएको आवाज सही बुलन्द गर्नेमा मद्दत पुग्नेछ ।

माथि उल्लेख गरिएअनुसार एनसिसीमा पनि आइसिसीको जस्तै सिस्टम लागू गर्नुपर्छ । चेन अफ कमान्डको पोलिसीलाई अगाडि बढाउर्दै एनसिसीमा अध्यक्ष हुन कम्तिमा एक कार्यकाल पदाधिकारी भएको हुनुपर्ने ब्यवस्था गर्नुपर्छ । एक पटक पदाधिकारीमा बसेको ब्यक्ती मात्र अर्को पटक अध्यक्षमा उठ्न पाउने प्रावधानले संस्थालाई चलायमान बनाउन र एनआरएनएको भावनालाई कदर गर्न सघाउन पुग्नेछ । अझ एनआरएनमा चुनावमा देखा पर्ने विकृति अन्त्य गर्न सघाउन पुग्नेछ । यसले थोरै उम्मेदवार र सक्षम उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाले संस्था बुझेको मान्छे मात्र नेतृत्वमा आउनेछ जसले संस्थालाई दिर्घकालीन रुपमा अगाडि बढाउन महत्वपूर्ण योगदान गर्नेछ । त्यस्तै, एनआरएन कार्यसमितिको सदस्य हुनको लागि कम्तिमा परराष्ट्र मन्त्रालयले इस्यू गरेको आइडी लिएको हुनुपर्ने गरि मापदण्ड तय गर्नुपर्नेछ । यसले जो कोही ब्यक्ती संस्थामा प्रवेश गर्न पाउँदैनन र सरकारी पक्षसँग डिल गर्दा सजिलो हुनेछ । अहिले दुखको कुरा संसारभर बस्ने १० प्रतिशत नेपालीले पनि यो कार्ड लिएको पाइँदैन । परराष्ट्र मन्त्रालयले इस्यू गरेको आइडी अनीवार्य गर्दा अर्को फाइदा पनि पुग्नेछ । जस्तो हरेक एनसिसीले सो कार्ड रिन्यू गर्न वा प्रदान गर्ने गरि सचिवालयले काम गर्न सक्नेछ । परराष्ट्र मन्त्रालयले इस्यू गर्ने कार्ड वितरणमा एनआरएनएले सचिवालयको भूमीका निर्वाह गर्दा दस्तुर वापतको केहि प्रतिशत मात्र एनआरएनलाई प्रदान गरिएको खण्डमा एनआरएनएलाई सचिवालय सञ्चालन गर्न पुग्नेछ । यसो गर्दा एनआरएनए चलाउन सहज हुनेछ जसले एनआरएनलाई बलियो बनाउन सहयोग पुग्नेछ । एनआरएनएले झिना मसिना काममा अल्झिनुपर्ने छैन । आर्थिक अभावमा सचिवालय चनाउन अप्ठ्यारो आउनेछैन । एनआरएनले अन्तर्रािष्ट्रय विषयवस्तुमा छलफल तथा कार्य गर्न सक्नेछ । यसले राज्यसँग सम्बन्धीत टेड एन्ड इन्भेष्टमेन्टको काम गर्न सक्नेछ । सरकारसँग पनि त्यही किसिमको सम्बन्ध अगाडि बढ्दै जाँदा एनआरएनए र सरकारबीचको सम्बन्धमा सुमधुर हुनेछ । अहिले राज्यले बुझेको एनआरएन र एनआरएनले बुझेको राज्यमा फरक छ । यो खाडललाई पुर्न यो संरचना र मापदण्डले सबैलाई सहयोग पुग्नेछ । अहिले राज्यले एनआरएनलाई कसरी उपयोग गरेमा के कस्तो फाइदा उठाउन सकिन्छ भनेर बुझेको छैन । एनआरएनएबाट राज्यले जहिले पनि आर्थिक लगानीको अपेक्षा राख्छ । अर्कोतर्फ एनआरएनएले सिकेको सिप, ज्ञान र प्रविधिलाई स्वदेशमा कसरी भित्र्याउन सकिन्छ भनेर राज्यले अझै ध्यान दिन सकेको छैन । विदेशमा शुरुमा जाँदाको दुख र फर्किदा सिकेको सिपमा के कती फरक आयो ? त्यसलाई राज्यले सही उपयोग गर्न सकेमा नेपालको आर्थिक सम्मृद्धिमा सघाउ पुयाउन सकिन्छ । एनआरएनएले राज्यबाट के कती फाइदा लिन सक्छ ? राज्य पनि एनआरएनएबाट के चाहेकोे छ त्यो अनुसार काम गर्न सकेको छैन । राज्यले एनआरएनलाई उपयोग गर्न सकेको छैन । सबै आआफना धुनमा हिड्ने हो भने कसैले फाइदा लिन सक्दैन । त्यसैले अबको एनआरएन र समग्र नेपालको आर्थिक सम्मृद्धिको लागि माथिको संरचना तथा मापदण्डमा सबैले चिन्तत मनन गर्न आवश्यक छ ।

आगामी दिनमा एनआरएनमा कस्तो खालको नेतृत्व आवश्यक देख्नुहुन्छ ?

गैर आवासीय नेपालीको भावनालाई बुझने र संघको हाइट उच्चोँ राख्न सक्ने तथा एनआरएनका मुद्धालाई माथिल्लो तहसम्म राख्न सक्ने बौद्धिक ब्यक्तीको आवश्यक देख्छु । साथै राज्यलाई सहयोग पुग्ने खालको नेतृत्व पनि आवश्यक देखिन्छ । एनआरएनए भनेको विशुद्ध गैर आवासीय नेपालीको साझा संस्था हो । यो संस्थामा कुनै भोट किनेर, राजनीतिकरण गरेर आउने नेतृत्वले सही काम गर्न सक्दैन । त्यसैले एनआरएनलाई ब्यवस्थित बनाउन सही नेतृत्वको खाँचो छ । त्यसको लागि सक्षम, अनुभवी र एनआरएन बुझेको ब्यक्तीको खाँचो देख्छु । सरकारसँग बसेर महत्वपूर्ण विषयमा छलफल गर्न सक्ने क्षमतावान ब्यक्ती आवश्यक देखिन्छ । एनआरएनमा विज्ञ, बौद्धिक ब्यक्तीको आवश्यक खड्कीरहेको छ । एनआरएनमा विज्ञहरुको सहभागिता अझै बढाउनुपर्ने खाँचो छ । हामीले चुनावको नाममा अनावश्यक खर्च गरिरहेका छौ बरु त्यो खर्चलाई घटाएर आपत्तकालीन कोषमा राख्न सके त्यसले ठूलो फाइदा पुग्छ । समग्रमा भन्नुपर्दा राज्यलाई केहि दिन सक्ने, बौद्धिक ब्यक्तीको एनआरएनमा खाँचो छ । भोट किनेर आउने जोसुकै नेतृत्वले एनआरएनलाई फाइदा पुर्याउन सक्दैन । म त के आग्रह गर्न चाहान्छु भने हिम्मत छ, पैसा छ, समय छ भने मात्र यो नेतृत्वमा आउनुपर्छ । भोट किनेर नभई काम गर्न सक्ने नेतृत्वको खाँचो छ । अन्यथा पद ओगट्न, नेताहरुलाई भेट्न र विभिन्न देशमा घुम्ने बाहेक केहि काम गर्न सकिैदन । त्यसैले एनआरएनए बुझेको नेतृत्व अहिलेको आवश्यकता हो ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार १७:१५