भक्तपुरको साँगा चोकदेखि मनहरा पुलसम्म प्रति घन्टा ५० कि.मी.को गती निर्धारण

भक्तपुर: भक्तपुर जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारीको गति निर्धारण गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले साँगा चोक देखी मनहरा पुलसम्म सवारी साधनको अधिकतम् गति ५० कि.मी. प्रति घण्टा निर्धारण गरेको हो । भक्तपुर परिसरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कृष्ण प्रसाद बिष्‍टका अनुसार बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गति निर्धारण गरिएको हो ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार २०:१३