मोदीको नेपाल नीतिबारे चीनमा चासो

काठमाडौं : भारतमा नरेन्द्र मोदीको दोस्रोपल्ट प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ । अन्तर्रा्ष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेपाल सम्बन्धबारे चीनमा चासो हुनु स्वाभाविक रहेको विश्लेषकहरू बताउँछन् ।

नेपालको कूटनीति दल विशेषका सरकारमा निर्धारण हुँदै आएको छ । त्यसैले नेपालमा दुवै छिमेकीको बढी चासो रहन्छ । भूराजनीतिक अध्येताहरू यस्तो चासोलाई सामान्य मान्छन्। मोदीले जेठ १६ मा बिमस्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखलाई साक्षी राखेर दोस्रो कार्याकालको शपथ लिए ।

शपथ ग्रहणमा निम्त्याइएका प्रधानमन्त्री केपी ओलीको भारत यात्रालाई चिनियाँ विश्लेषकले विशेष रूपमा नियालेका छन् । मोदीको शपथपछि भारतको ‘लुक इस्ट’ अब ‘एक्ट इस्ट’ मा परिवर्तन हुने बुझाइ उनीहरूको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अजय अलौकिकले लेखेका छन् ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार ०७:५२