आज पूर्व, मध्य र पश्चिच क्षेत्रका पहाडी भूभागमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं : आज मौसम सामान्य बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमानमहाशाखाका अनुसार पूर्व, मध्य र पश्चिच क्षेत्रका पहाडी भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । महाशाखाका अनुसार दिउँसो देशका पूर्वी भु भागमा आंशिक देखि सामान्य बदलि, मध्य भु भाग लगायत पश्चिमि पहाडी भू भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

त्यस्तै, देशका पूर्वी भु भागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। राति भने देशका पूर्वी भुभाग लगायत मध्य र पश्चिमि पहाडी भूभागमा सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु(भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। यस्तो छ ३ दिनको मौसम पूर्वानुमान;-

जेठ १६ गते (बिहीबार):

दिउँसो: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदलि, मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ १७ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भागहरुमा आंशिक देखि सामान्य बदलि, पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिक देखि सामान्य बदलि, मध्य तराईका भु-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ १८ गते (शनिबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागहरुमा सामान्य बदलि रही बाँकिभू-भागहरुमा आंशिक बदलि रहने रहनेछ । पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिकदेखि सामान्य बदलि, बाँकी भूभागमा आंशिक वदली रहने छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार ०७:५४