स्थानीय तहमा खुल्यो ९ हजार कर्मचारीका लागि लोकसेवाको विज्ञापन

काठमाण्डौ: लोकसेवा आयोगले ९ हजार कर्मचारीका लागि विज्ञापन खुलाएको छ । लोकसेवा आयोगले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको हो । असार तीन गतेसम्मको म्याद दिएर दरखास्त माग गर्न सकिने आयोगले जनाएको छ । प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकताका आधारमा स्थानीय तह तोकी सिफारिस गरिने भएको छ ।

इच्छुकले अनलाइनमार्फत परीक्षा दस्तुर बुझाउन सक्नेछन् । दरखास्त बुझाउने अन्तिम मिति आगामी असार ३ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । साथै दोब्बर दस्तुर बुझाउनका लागि असार १० गतेसम्मका लागि मिति तोकिएको छ । तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला रु १००० र समावेशी रु ४००, तह ५ का लागि खुला रु ४०० र समावेशी रु २००, तह ४ का लागि खुलाका लागि रु ३०० समावेशीका लागि रु १५० तोकिएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार ०८:५३