‘हाइ अलर्ट’ रहन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा रहन निर्देशन दिनुभएको छ । काठमाडौंमा भएको विस्फोटका घटनापछि गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री थापाले सो निर्देशन दिनुभएको हो । गृहमन्त्री थापाले ३ वटै सुरक्षा निकायका प्रमुखललाई बोलाएर आकस्मिक छलफल गर्नुभएको थियो । छलफलमा आइतबार दिनभर भएको घटनाबारे जानकारी लिनुभएको थियो ।

छलफलमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीसहित काठमाडौं, भक्तपुर र ललितपुर ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थियो ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार २२:४३