काठमाडौं विस्फोट अपडेट: ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो

काठमाण्डौ : काठमाण्डौ विस्फोटमा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ । काठमाडौंको दुई ठाउँमा भएको विस्फोटमा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको हो ।  ज्यान गुमाउनेमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका चुनीखेलका ५४ वर्षीय सुरेन्द्र महर्जन, कपनका ४४ वर्षीय हरि खड्का र महोत्तरी रामनगरका ५६ वर्षीय छोटु ठाकुर रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

सुकेधाराको विस्फोटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । विस्फोटमा विप्लव समूहलाई आंशका गरिएको छ । विस्फोटमा परि विप्लव निकट विद्यार्थी संगठनका नेता रवीन केसी घाइते भएका छन् ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार २०:३९