गृष्मालाई ‘टिन प्रिन्सेज डिभा २०१९’ को उपाधी

काठमाडौं : टिन प्रिन्सेज डिभा २०१९ को उपाधी गृष्मा शर्माले जितेकी छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधिको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत हात पारेकी छिन । उपाधि विजेता शर्मालाई उपाधीको साथमा नगद रु। २० हजार राशिबाट समेत पुरस्कृत गरिएको थियो ।

टिन प्रिन्सेज डिभाको दोश्रो स्थानमा अक्षिता राज्यलक्ष्मी शाहले जितिन भने अग्रिमा पोखरेल तेश्रो स्थानमा रहेकी छन । प्रतियोगीहरुलाई दुइ समूहमा विभाजन गरेर भएको प्रतियोगीताको प्रि टिन समूहतर्फ भने बेलिस्मा कटवालले उपाधि जितिन् । कटवालले पनि उपाधीको ताजको साथमा ट्रफि र नगद पुरस्कार रु। २० हजार राशि हात पारिन् ।

प्रि टिन समूहमा विभुति अधिकारी र रिद्धिमा नेपाल क्रमशः दोश्रो र तेश्रो स्थानमा परिन् । २२ टिनहरुको सहभागीता रहेको प्रतियोगीतामा प्रतियोगीहरुलाई मोस्ट कन्फिडेन्ट, मोस्ट अट्राक्टिभ, भ्यूअर्स च्वाइस अवार्ड, बेस्ट डान्सर, मोस्ट डिसिप्लिन, फोटोजेनिक, मोस्ट डाइनामिक लगायत विभिन्न सब टाइटलबाट पुरस्कृत गरिएको थियो ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १३:४२