लन्डनमा आज ‘एनआरएन बहश’ कार्यक्रम हुँदै : को-को आइपुगे लन्डन ?

लन्डन: गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लन्डनको अल्डरसटमा आज ‘एनआरएन बहश’  कार्यक्रम आयोजना गरिर्दैछ । एनआरएन अभियन्ताको सहभागितामा गरिन लागिएको ‘एनआएनएन बहश’ कार्यक्रममा एनआरएनका अभियन्ताहरु आउने क्रम जारी छ । बहश कार्यक्रममा विशष गरि ‘ एनआरएन नागरिकता’ को विषयलाई जोडतोडले उठाइँदैछ ।

कार्यक्रममा सहभागिता हुन  एनआरएन अभियन्ता तथा संरक्षक रामप्रताप थापा लन्डन आइपुग्नु भएको छ । लन्डनमा उत्रीनुभएको थापालाई एयरपोर्टमा भब्य स्वागत गरिएको छ । एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूकेका  सल्लाहकार कृष्ण भट्ट र संस्थापक सचिव तथा अहिलेका एडभाईजरी काउन्सिल सदस्य चिरञ्जीवी ढकालले स्वागत गर्नुभएको हो ।

त्यस्तै, अष्टेलियाका लागि नेपाली महावाणिज्य दूत दिपक खडका, गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुवेर कार्की, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे आइसक्नु भएको छ । सोही कार्यक्रममा सहभागि हुन नेपाल पत्रकार महासंघका महासचीव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एपी वान टेलिभजनका समाचार प्रमुख टिकाराम यात्री, महाप्रवन्धक विकास लामिछाने, एपी वान टेलिभजनका सिनियर रिर्पाटर मोहराज शर्मालगायत लन्डन आइसक्नु भएको छ ।

अनलाइनका अध्यक्ष विनय अधिकारीका अनुसार एनआरएन बहस कार्यक्रमको मुख्य एजेन्डा ‘एनआरएन नागरिकता’ हुनेछ । बहश विशेष गरि एनआरएन नागरिकताको सवाल, राष्ट्र विकासमा एनआरएनको आर्थिक लगानी, नेपाली कला, संस्कृति र सभ्यताको नयाँ पुस्तामा हस्तान्तरण र गोर्खाको गौरव र चुनौतीहरुमा केन्द्रित गरिने अधिकारीले जानकारी गराउनुभयो ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार २०:५१