प्रदेश ३ सरकारद्वारा १३ जिल्लामा स्वयम् सेवक कर्मचारी परिचालन

हेटौडा : प्रदेश सरकारले प्रदेश भित्रका १३ जिल्लामा विभिन्न क्षेत्राका लागि १ सय १५ जना स्वयम् सेवक कर्मचारी परिचालन गरेको छ । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, मानव बेचविखन न्युनिकरण, कृषि, खेलकुद लगायत विभिन्न ११ क्षेत्रमा २ बर्षका लागि १ सय १५ जना स्वयम् सेवक कर्मचारी परिचालन गरेको हो ।

प्रदेश सरकारले स्वयम् सेवकहरुलाई खाने वस्ने व्यवस्थाका लागि निर्वाह भत्ता स्वरुप न्युनतम रकम पनि उपलब्ध गराउनेछ । प्रदेश ३ सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार स्वयम् सेवक कार्यक्रमले युवाहरुमा समाज प्रति आफ्नो उत्तरदायित्व विकास र देशका लागि आफ्नो पनि योगदान हुनुपर्छ भन्ने मानसिकता विकास गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १५:१३