सुनचाँदीको मूल्य ह्वातै घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा आइतबारको तुलनामा सोमबार सुन ५ सय र चाँदी ५ रुपैयाँले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने आज प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ११:५०