एमबाप्पेलाई प्लेयर अफ दि इयर अवार्ड

एजेन्सी: पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले प्लेयर अफ दि इयर अवार्ड जितेका छन् ।फ्रेन्च लिग वानमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स (युएनएफपी) ले प्रदान गर्ने प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

युएनएफपीले एम्बाप्पेलाई आइतबार राति अवार्ड प्रदान गर्यो । यस्तै एमबाप्पेले बर्ष युवा खेलाडीको अवार्ड समेत हात पारे । पीएसजीलाई लिग वानको उपाधि दिलाउन मुख्य भूमिका खेलेका एम्बाप्पेले लगातार तेस्रो सिजन बर्ष युवा खेलाडीको अवार्ड जितेका हुन् ।फ्रेन्च लिगमा सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले यस सिजन ३० गोल गरेका छन् ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०९:५४