काठमाण्डौ : आजको मौसम सफा रहेको भएपनि साँझापख पानी पर्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । अरु ठाउँको मौसम भने सफा नै रहनेछ । पश्चिमको मौसम दिनभरी बदली भएपनि राति खुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०९:०३