मदन भण्डारीको हत्यारा खोजी प्रक्रिया सुरू भएको गृहमन्त्रीको दाबी

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको दाबी गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताएका छन् ।

हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गरेता पनि प्रक्रिया कसरी अघि बढ्दै छ भन्नेबारे भने केही पनि खुलाएनन् । भण्डारीको सालिक अगाडि उभिएर गृहमन्त्री थापाले भने, ‘छिट्टै हत्यारा पत्ता लगाउने छौं’ । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्मय ठानिँदै आएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार ११:०७