आज मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना

काठमाडौँः आज मौसम बदली हुने भएको छ । देशका पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार पश्चिमको पहाडी क्षेत्रको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने भएको हो । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ ।

पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ । केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका थोरै ठाउँ र पश्चिम पहाडीका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । त्यस्र्तै, राती पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदको भनाई छ । बिहानैदेखि घाम लागेको काठमाडौँ उपत्यकामा बेलुकातिर बदली भइ हल्का पानी पर्न सक्ने सम्भावना छ ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार ०९:२४