म्यानचेस्टर सिटीले नयाँ खेलाडि भित्राउन भारी पाउण्ड खर्च गर्दै

एजेन्सी: इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जितेको म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि भारी पाउण्ड खर्चेर चारजना युवा खेलाडीलाई भित्र्याउने योजना बनाएको छ । प्रशिक्षक पेप ग्वार्डियोका अनुसार उसले २०० मिलियन पाउण्ड खर्च गर्ने भएको छ ।

प्रशिक्षक पेप ग्वार्डियोलाले योजना अनुुसार दुई जना डिफेन्डर र दुई जना मिडफिल्डरमा आँखा लगाएको छ । एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्रीसँगै फ्रांकफर्टका स्ट्राइकर लुका जोभिक, बेनफिकाका जोयो फेलिक्स र लेस्टर सिटीका डिफेन्डर बेन चीलवेल रहेका छन्।

सिटीले रोद्रिलाई यसै महिना ३४ वर्ष लागेका फर्नान्डिन्होको स्थानमा क्लबमा ल्याउन लागेका हुन् । उनलाई ६० मिलियन पाउण्डमा किन्न लागेको बताइएको छ ।

यस्तै लुका जोभिक जसले च्याम्पियन्स लिगमा उत्कृट खेलेका थिए । उनलाई क्लबले ५० मिलियन पाउण्डमा अनुबन्ध गर्ने योजना गरेको छ । यस्तै फेलिक्सलाई सिटीले भित्र्याउने तयारी गरेको छ ।

यो सिजनपछि सिटीबाट निकोलस ओटामेन्डी, फावियन डेल्फ र मांगालाले क्लब छोड्न सक्नेछन् ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार १२:३३