नेपालमा नौ महिनामा ६ हजार दुर्घटना: १९२ को मृत्यु, २३३ सख्त घाइते

काठमाडौं:  उपत्यकामा नौ महिनामा ६ हजार दुई सय ८२ सडक दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैतसम्मका दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ । २३३ जना सख्त घाइते भएको भएका छन् भने चार हजार २९७ जना सामान्य घाइते भएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनीकमा तीर्थराज बस्नेतले लेख्नुभएको छ ।

चार हजार ८८ मोटरसाइकलरस्कुटी दुर्घटनामा परेका छन् । तीन हजार ९१३ कार, जिप र भ्यान दुर्घटनामा परेका छन् भने एक हजार ४३५ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । एक हजार ३०१ ट्रकरटिपर र ९४ वटा टेम्पोरट्र्याक्टर दुर्घटनामा परेको महाशाखाका प्रवक्ता एसपी रवीन्द्र केसीले जानकारी दिए । गत आर्थिक वर्षमा ६ हजार ३८१ दुर्घटना भएका थिए भने १९४ ले ज्यान गुमाएका थिए ।

प्रहरीको तथ्यांकअनुसार मोटरसाइकल दुर्घटनामा ९० जनाको मृत्यु भएको छ । ७० जना पैदलयात्रीको पनि सडक दुर्घटनामा मृत्यु भएको छ । कार दुर्घटनामा ११, ट्रक दुर्घटनामा नौ, बस दुर्घटनामा सात, साइकलयात्री चार र माइक्रो दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार ०७:३६