नेपाल र कम्बोडियाबीच लगानी र व्यापार सम्झौता

काठमाडौं: नेपाल र कम्बोडियाबीच लगानी र ब्यापार सम्झौतापत्रमा हरुताक्षर भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिनको औपचारिक भ्रमणको पहिलो दिन दुई समझदारीमा हस्ताक्षर भएको हो । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा आयोजित विशेष समारोहका बीच व्यापार र लगानीसम्बन्धी सम्झौता एंवम नेपाल चेम्बर अफ कमर्स र कम्बोडिया चेम्बर अफ कमर्सबीच द्विपक्षीय सहयोग समझदारीमा हस्ताक्षर भएको छ ।

भ्रमणले दुई देशको मित्रतालाई अझ बलियो बनाउने र आर्थिक, व्यापार, पर्यटन र सांस्कृतिक सहयोगलाई थप मजबुत बनाउने दुवै पक्षले जनाएका छन् । प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेकोको उपस्थितिमा हस्ताक्षर भएको छ ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार ०६:२६