अबको केहि वर्ष भित्रै चिनियाँ रेल काठमाडौं आउँछ : प्रचण्ड

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चिनियाँ रेल काठमाडौं ल्याउन कसैले रोक्न नसक्ने बताउनुभएको छ । अबको केहि वर्षभित्रै रेल काठमाडौ आइपुग्ने बताउँदै रेल कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो ।

चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने कुरा अब सपनाको विषय नरहेको भन्दै प्रचण्डले आर्थिक सम्मृद्धिको ढोका खुला भएको जनाउनुभयो । राष्ट्रिय विभूति सीता जन्मजयन्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले काठमाडौंमा रेल ल्याउने कामको सुरुवात समे भइसकेको जानकारी दिनुभयो ।

‘चीनको ल्हासा हुँदै काठमाडौं र काठमाडौंबाट लुम्विनीसम्म रेल संचालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुन्छ’, प्रचण्डले भन्नुभयो ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १४:४८