चाँगुनारायणमा एक वर्षमा ८९० योजना कार्यान्वयन, ६ किलोमिटर सडक कालोपत्रे, ४३ वटा भवन निर्माण

काठमाडौं: चाँगुनारायण नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ८ सय ९० वटा योजना कार्यान्वयन भएका छन् । उपभोक्ता समिति मार्फत ८ सय ४८ र ठेक्का प्रक्रिया मार्फत ४२ गरि जम्मा ८ सय ९० वटा योजना कार्यान्वयन भएका हुन् । ठेक्का प्रक्रियामा रहेका मध्ये २६ वटा योजना कार्यसम्पन्न भईसकेका छन् भने १५ वटाको म्याद थप गरिएको छ ।

नगरपालिकाका अनुसार यी मध्य २ वटा योजनाको ९० प्रतिशत, ३ वटा योजनाको ७५ प्रतिशत र ५ वटा योजनाको ५० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भएका छन् । बाँकि योजनाको ५० प्रतिशत भन्दा कम कार्य सम्पन्न भएको नगरपालिकाको पूर्वाधार विकास शाखाले जनाएको छ । नगरपालिकामा सम्झौता भइसकेको १ वटा बहुवर्षीय योजना पनि सञ्चालन रहेको छ ।

नगरपालिकाले यो वर्ष सडक पूर्वाधार तर्फ ५ दशमलव ९२ किलोमिटर ढलान गर्न सफल भएको छ भने ६ किलोमिटर कालोपत्रे पिच, ७ दशमलव ७८ किलोमिटर गाभ्रेल र ९ दशमलव ४७ किलोमिटर कच्ची सडक निर्माण गरेको ।

नगरपालिकाले ४३ वटा भवन निर्माण गर्न सफल भएको छ । जसमा १५ वटा ढलान घर, १६ वटा ट्रष्ट कच्ची भवन, १० वटा सामुदायिक भवन स्तरोन्नति र २ वटा सार्वजनीक शौचालय निर्माण गरिएको छ ।

सिचाईतर्फ १ दशमलव २५ किलोमिटर डे«न गरिएको छ भने १ दशमलव ९ किलोमिटर ढल निकाश तथा प्रदुषित पानीको ढल निर्माण गरिएको छ । त्यस्तै, ६ सय ७४ वटा सडक बत्ति जडान गरिएको छ ।

नगरपालिकाले २ वटा बाल उद्यान, ३ वटा पार्क निर्माण, ६ वटा ब्यायामशाला निर्माण गरेको छ । खानेपानीतर्फ १९ वटा नयाँ निर्माण र १५ वटा स्तरोन्नति गरिएको छ । यो वर्ष ११ स्थानको पर्ती जग्गा संरक्षण गरिएको छ । पर्यटन तर्फ ४ वटा निर्माण तथा स्तरोन्नति र १६ वटा धार्मिक निर्माण स्थल निर्माण तथा स्तरोन्नति गरिएको छ ।


प्रकाशित | १ भाद्र २०८१, शनिबार १८:११