पाँच लाख घुसहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष अख्तियारको फन्दामा

बाँके: पाँच लाख रुपैयाँ घुससहित राप्तीसोनारी गाँउपालिकास्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुना अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जको टोलीले घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १८:१६