भक्तपुरलाई विकासको केन्द्रको रुपमा स्थापीत गराउँदैछौ: सांसद महेश बस्नेत

भक्तपुर: पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बैंकिङ प्रणाली नै वर्तमान समयको आर्थिक तथा सामाजिक पारदर्शीताको मुख्य आधार भएको बताउनुभएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका राधेराधे स्थित सिद्धार्थ बैंकको १५३औं शाखाको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले बैंकिङ प्रणाली नै वर्तमान समयको आर्थिक तथा सामाजिक पारदर्शीताको मुख्य आधार भएको बताउनुभयो ।

उहाँले सरकारले एक व्यक्ति एक खाता अनिवार्य भन्ने अभियान सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा सरकारले विभिन्न व्यक्ति वा संस्थालाई प्रदान गर्ने कुनै पनि सेवा सुविधाहरु बैंकिङ प्रणाली अनुसारमात्र भुक्तानी गर्ने बताउनुभयो ।

सांसद बस्नेतले विधि र प्रकृयाको वारेमा जानकारी नहुदाँ वैध सम्पत्तीलाई समेत अवैध बनाउने गरेको बताउँदै विभिन्न तस्करीले अशुद्ध सम्पत्तीलाई शुद्ध बनाउने गरेको तर सामान्य मानिसले जानकारी नहुँदा सम्पत्ती अशुद्ध बनाउने गरेको बताउनुभयो ।

सांसद बस्नेतले विकासको केन्द्रको रुपमा भक्तपुर स्थापीत हुने भन्दै देशमा नै राजगारीको व्यवस्था गर्न सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, बैदेशीक रोजगारीबाट फर्केकालाई ऋण, महिला, दलित, भुकम्प पिडित, कृषी लगायतमा सहुलियत दरमा ऋणको व्यवस्था गरेको जानकारी गराउनुभयो ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १५:३९