सबै दलको सहमतिका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउछौं : पूर्वसभामुख

बुटवल: पूर्वसभामुख ओनसरी घर्तीले कुनै पनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने ठोकुवा गरेकी छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्षसमेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् ।

उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् ।आइतबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै घर्तीले प्रदेश सभाका सदस्यहरुले जनताको राय लिएर मात्रै राजधानीको टुंगो लगाउने धारणा राखिन् ।मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उनको भनाइ छ ।

 

 


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १३:१३