उपत्यकाका पालिका प्रमुख, उपप्रमुखसँग राष्ट्रपतिको छलफल, उपत्यकालाई स्वच्छ र सफा बनाउन सामूहिक प्रयासका साथ काम गर्न आग्रह

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौं उपत्यकाकाा पालिका प्रमुख, उपप्रमुखहरुसँग भेट गर्नु भएको छ । भेटका क्रममा राष्ट्रपति पौडेलले उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभराका साथै जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुखरउपप्रमुखहरूलाई आग्रह गर्नुभएको हो । ।

जलवायु वातावरण, मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिंगो देश स्वच्छ, सफा र सुन्दर हुनेमा जोड दिनुभयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार वायु प्रदूषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजंगलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिका लगायत नगरपालिकाको अनुगमन सशक्त बनाई गुणस्तर बढाएर जीवनपयोगी शिक्षाका लागि ध्यान दिन आग्रह गर्नु भएको छ ।

सो अवसरमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सामूहिक सोच र सहकार्यका साथ साझा समस्या समाधानमा अघि बढ्ने धारणा व्यक्त गरेका थिए।
भेटमा नगरपालिका संघका बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्की, उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जन लगायत पालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता थियो । त्यस्तै उपत्यका मेयर्स फोरमल केहि दिनमा बस्न लागेको बैठकले जलवायू परिवर्तनका विषयमा साझा धारणा बनाउने जनाएको छ ।


प्रकाशित | २४ बैशाख २०८१, सोमबार २०:१५