धोनीले यसरी खुलाए चेन्नेईको जितको कारण

एजेन्सी:  ईन्डियन प्रिमियर लिग क्रिकेट टिम चेन्नेई सुपर किंग्सका कप्तान महेन्द्र सिह‌ धोनीले दोस्रो क्वालिफायर खेलमा प्राप्त जितको श्रेय बलरलाई दिएका छन् । उनले बलरको लगातारको उच्च प्रर्दशनले टिम आठौं पटक आईपीएलको फाईनलमा प्रवेश गरेको बताएका हुन् ।

शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा चेन्नेईका बलरले दिल्लीलाई १ सय ४७ रनमा रोकेका थिए । जहाँ दिल्लीले ८ विकेट गुमाएर सो रन बनाएको थियो । तर चेन्नेईले एक ओभर अगावै ४ विकेट गुमाएर १ सय ५१ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो । खेलपछि धोनीले भने, ‘खेलाडीले जसरीले खेले, त्यो निकै प्रभावशाली थियो । स्पिनरलाई केही सहज अवस्था थियो, जहाँ हामीले विकेट निकाल्यौ । उनीहरुसंग बाँया हाते ब्याट्सम्यान थिए, हाम्रा बाँया हातका स्पिनरले राम्रो प्रर्दशन गरे । लगातार विकेट निकाल्नु महत्वपुर्ण कुरा हो । यसको सम्पुर्ण श्रेय बलरलाई जान्छ । अहिले हामी जहाँ छौ, त्यो सबै बलरले गर्दा हो ।’

दिल्लीका कप्तान श्रेयर एयरले हारको कारण ब्याट्सम्यानलाई दोषी मानेका थिए । साथै उनले यस सिजन टिमको प्रर्दशन शानदार रहेको उल्लेख गरे ।  ‘हाम्रो सुरुवाती निराशाजनक रह्यो । हामीले पावर प्लेमा दुई विकेट गुमायौ । जसबाट उम्किन मुस्किल थियो । उनीहरुसंग राम्रा स्पिनर थिए । कोहीपनि ब्याट्सम्यानले त्यसको सामना गर्न सकेनन् ।’ उनले भने ।

शुक्रबारकाे दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले मुम्बईसंग उपाधि भिडन्त पक्का गरेको छ।  १ सय ४८ रनको लक्ष्य चेन्नेईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेकाे थियाे । ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बनाउँदै चेन्नेईको जितको रेखा कोरेका थिए । दुवैले पटक विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

यसअघि, विशाखापटनममा चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो । ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । चेन्नेईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २-२ विकेट हात पारे ।  चेन्नेईले उपाधिका लागि मुम्बई ईन्डियन्ससग प्रतिस्पर्धा गर्ने तय भएकाे छ ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १०:३६