भूमध्य सागरमा डुङ्गा पल्टिँदा ६५ जनाको ज्यान गयो: डुङ्गामा धेरैजसो अफ्रिकी नागरिक

एजेन्सी: भूमध्य सागरमा प्रवासीहरुलाई लिएर जाँदै गरेको एउटा डुङ्गा दुर्घटनामा परेको छ । दुर्घटनाका कारण कम्तिमा ६५ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार, ट्युनिशिया नजिक समुद्रमा शरणार्थी लिएर जाँदै गरेको डुङ्गा पल्टिएको हो । दुर्घटना भएको डुङ्गामा धेरैजसो अफ्रिकाका नागरिक थिए ।

‘दुर्घटना भएको डुङ्गा बिहीबार लिबियाको लागि हिँडेको थियो, समुद्रमा शक्तिशाली लहर चलेका कारण डुङ्गा समुद्रमा पल्टिएको हो,’ दुर्घटनामा बचेकाहरुले भनेका छन् । यूएनएचसीआरको आँकडा अनुसार, यो वर्षमात्रै अहिलेसम्म लिबियादेखि यूरोप मार्गमा एक सय ६० बढी मानिसले ज्यान गुमाइसकेका छन् ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १०:०६