रेडक्रसको निर्वाचन गर्ने वैधानीक बाटो खुल्यो, उच्च अदालत पाटनले दिएन अन्तरिम आदेश

काठमाडौं : उच्च अदालत पाटनको आदेशसँगै नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन तथा निर्वाचन गर्ने वैधानीक बाटो खुलेको छ । यसअघि गत २५ गते अदालतले अल्पकालीन अन्तरिम आदेश दिर्दै असार २७ र २८ गते हुन लागेको निर्वाचन तथा महाधिवेशन रोकी दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो ।

उच्च अदालतका न्यायाधीश बालेन्द्र रुपाखेती र रमेश ढकालको आइतबार बसेको संयुक्त इजलासले यसअघि निवेदकले निर्वाचन सम्बन्धी कार्यतालिका र तत्तसम्बन्धी काम कारवाही रोक्नको लागि अल्पकालीन अन्तरिम आदेश माग गरि आएकोमा सो मिति ब्यतीत भइसकेकाले आदेशलाई निरन्तरता दिइरहनु नपर्ने र अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भनी फैसला गरेको हो ।

अब यो फैसलासँगै रेडक्रसको निर्वाचनको लागि वैधानीक बाटो खुलेको छ भने कुनै पनि समयमा निर्वाचन तथा महाधिवशेन गर्न सकिने भएको छ ।


प्रकाशित | ३१ असार २०८०, आईतवार २०:३६