त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ: त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्र्नेमा चिनियाँ नागरिक वाङ चुनयान छन् । उनको साथबाट १ लाख नेपाली रुपैयाँ, १३ हजार २० अमेिरकी डलर, ८ हजार ३ सय भारतीय रुपैयाँ र १ हजार चाइनिज युआन बरामद गरिएको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १८:४९